HomeFeatureपार्टीको आसन्न १४औं महाधिवेशनलाई अघि बढाउन देउवाको  निर्देशन

पार्टीको आसन्न १४औं महाधिवेशनलाई अघि बढाउन देउवाको  निर्देशन

काठमाडौं, 6 दिसम्बर 2021

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनलाई व्यवस्थीत रुपमा अघि बढाउन पाटीपङ्तीलाई निर्देशन दिनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिनुभएको हो । बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महाधिवशेनमा पार्टीको महामन्त्रीले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने उहाले बताउनुभयो । महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताउनुभयो । उहाले महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुने धारणा राख्नुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...