HomeFeatureविभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री गर्ने गिरोह ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा

विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री गर्ने गिरोह ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा

काठमाडौं, 7 दिसम्बर 2021

काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो । थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । किर्तिपुर एरियाबाट काठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहित रौतहट गुजरा न.पा. २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...