17 दिसम्बर 2021
नेपाल–भारत मैत्री बसमा भारत जान लागेका १८ यात्रुमा कोरोना संक्रमण देखिएको छ । उनीहरु बनवासाबाट भारत प्रवेश गर्दै थिए । सो क्रममा उनीहरुको कोरोना भाइरस परिक्षण गरिएको थियो । यात्रुमा कोरोना संक्रमण देखिए पछि चम्पावत जिल्ला प्रशासनले उनीहरुलाई नेपाल फर्काइ दिएको छ । परिक्षण गरिएको मध्ये १८ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई भारत प्रवेशमा रोक लगाईको थियो । नेपाल–भारत मैत्री सेवा अन्तर्गत १० वटा बसहरु नेपाल–भारत आवतजावत गर्दछन् । बनवासा हुँदै मंगलबार भारत जान लागेका १८ यात्रुमा कोरोना पुष्टी भएको भारतीय संचारमाध्यममा समाचार छ । अन्य पाँच वटा बसलाई भने दिल्ली जान दिइएको बताइएको छ । त्यसअघि पनि भारत जान लागेका ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । भारतीय सीमावर्ती प्रशासनले कोरोना परिक्षण गरेपछि मात्र प्रवेश अनुमति दिने गरेको छ ।









































