HomeFeatureफुटबल: युथ क्लबको पहिलो जित

फुटबल: युथ क्लबको पहिलो जित

काठमाडौं, 18 दिसम्बर 2021

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं  चरणमा पहिलो जित निकाल्न सफल भएको हो । खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । उनले ३७ औं मिनेटमा गरेको गोल जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो । च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गरेका थिए ।   च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ । यस्तै लिग अन्तर्गत पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।  घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने । उनले दुई गोल गरे । यस्तै निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।’ए’ लिगको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो । यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...