HomeFeatureएमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगीत

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगीत

काठमाडौं, 20 दिसम्बर 2021

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगीत भएको छ । सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुखद भएको बताउनुभयो । प्रतिनिधिसभाका यसअघिका आफ्ना सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उहाको भनाई छ । उहाले यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको तर्क गर्नुभयो । दाहालले सत्तापक्षले प्रतिपक्षीसंग बार्ता गर्न नचाहेको बताउनुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गर्नुभएको थियो । देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उहाले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका बिषयलाई हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गर्नुभयो । माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नसकेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...