काठमाडौं, 20 दिसम्बर 2021
काठमाडौंको नयाँ वानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्सको माथिल्लो तल्लामा आगलागी हुँदा करिव दुई करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो लागेको आगो नेपाली सेना, काठमाडौं महानगरपालिका, ललितपुर महानगर लगाएतका दमकलले नियन्त्रणमा लिएको थियो । इन्द्रेणी कम्प्लेक्सको माथिल्लो तल्लामा रहेको जीम सेन्टरबाट आगलागी सुरु भएको थियो । करिब एक घन्टापछि आगलागी नियन्त्रणमा आएका प्रहरीले जनाएको छ । महानगरी प्रहरी वृत्त तीनकुनेका डिएसपी मिम बहादुर लामाले कम्प्लेक्समा रहेको जिमहलका सामान जलेर ध्यस्त भएको बताउनुभयो । उहाले इन्भटर सट भएर आगो लागेको अनुमान गरिएको जानकारी दिनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धाई भइरहेको प्रहरीको भनाई छ ।









































