काठमाडौं, 21 दिसम्बर 2021
बिभिन्न दल आवद्ध मोर्चाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएतका नारा लगाएका थिए । विरोधपछि आयोजित सभामा नेताहरुले देशभक्तहरुले एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए । नेकपा (माले) का महासचिव सीपी मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिको रुपमा प्रयोग गर्न खोजको तर्क गर्नुभयो । त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि धोका भएको भन्दै एमसीसी सम्झौता खारेज नभएसम्म आफुहरु चूप लागेर नबस्ने बताउनुभयो। सदनबाट एमसीसी पारित हुने अवस्था नरहेको दावी गरेका थिए ।









































