22 दिसम्बर 2021
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि इजरायलले आफ्ना नागरिकलाई कोरोना खोपको चौथो डोज दिने घोषणा गरेको छ । । ६० वर्षभन्दा माथिका नागरिकलाई चौथो बुस्टर डोज दिन लागिएको इजरायलले जनाएको छ । यसअघि इजरायलले आफ्ना नागरिकलाई कोरोनाको बुस्टर डोज (तेस्रो) समेत दिइसकेको छ इजरायलका प्रधानमन्त्री नफ्टाली बेनेटले कोरोना खोपको चौथो डोज दिने तयारी थाल्न निर्देशन समेत दिइसकेका छन् । ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएपछि इजरायलमा कोरोना खोपको चौथो डोज दिने निर्णय गरिएको हो ।









































