HomeFeatureबागमती प्रदेश सभाको बैठक अवरुद्ध

बागमती प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं, 23 दिसम्बर 2021

विगत सरकारका योजनाहरु कटौती गरेको र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा एमालेले बिहीबार पनि बागमती प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका थिए । बैठकमा एमाले प्रदेशसभा सदस्य केशवराज पाण्डेले विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको बिषयमा सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताउनुभयो । उहाले मुख्यमन्त्री प्रदेशसभाको बैठकबाट भागेको आरोप लगाउनुभयो ।  बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसुची थियो । साथै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने कार्यसुची रहेको सभामुखले जानकारी गराउनुभएको थियो । तर एमाले प्रदेशसभा सदस्य पाण्डेले आफुहरुले राखेका बिषयमा सरकारको धारणा नआएकाले बैठक चल्न नसक्ने बताउनुभएको थियो । एमाले प्रदेशसदस्यलाई पटकपटक बस्न आग्रह गरेपनि अवरोध भएपछि सभामुख श्रेष्ठले अर्को सुचना नआएसम्म बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...