HomeFeatureसंसद अवरुद्ध भइरहेकाले महत्वपूर्ण बिधयेकहरु अघि बढाउन सकिएन

संसद अवरुद्ध भइरहेकाले महत्वपूर्ण बिधयेकहरु अघि बढाउन सकिएन

काठमाडौं, 23 दिसम्बर 2021

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरुद्ध भइरहेकाले महत्वपूर्ण बिधयेकहरु अघि बढाउन नसकिएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा महत्वपूर्ण बिधयेकहरु अघि बढाउनका लागि पनि संसद सूचारु हुनुपर्ने बताउनुभयो । उहाले लामो समय सदन अवरुद्ध हुदा बिभिन्न समस्या र कठिनाई भएको भन्दै संसद् सुचारु गर्न राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । नागरिकता सम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा जटिलता थपिँदै गएको भन्दै बिधेयकका बारेमा भएका असहमतिलाई सदनबाटै टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । कुनै नागरिक अनागरिक हुन नसक्ने भन्दै उहाले नागरिकता दिने दायित्व सरकारको भएको र यसमा देखिएका जटिलता फुकाउनका लागि पनि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने उल्लेख गर्नुभयो । बैठकमा गृहसचिव टेकनारायण पाण्डेले नागरिकता सम्बन्धी समस्या अत्यन्तै जटिल रहेको भन्दै यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुराउनुपर्ने बताउनुभयो । बैठकमा सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...