24 दिसम्बर 2021
भ्रष्टाचार मुद्दामा २२ वर्ष जेल सजाय काटिरहेकी दक्षिण कोरियाको सरकारले पूर्व राष्ट्रपति पार्क गेउन हाईलाई माफी दिएको छ । भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि हाइले २२ वर्ष जेल सजाय काटिरहेकी थिइन् । उनी महाअभियोग लगाएर हटाइने पहिलो निर्वाचित राष्ट्रपति समेत हुन् । उनलाई २०१७ मा महाअभियोग लगाइएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनले हाईलाई क्षमादान दिएको अंतराष्ट्रीय संचार माध्यमले जनाएको । सन् २०१८ मा शक्तिको दुरुपयोग गरेर हाईलाई अनैतिक दबाब दिएको अभियोगमा दोषी ठहर गरिएको थियो । उनीमाथि लगाइएका १८ वटा मुद्दामध्ये १६ वटामा दोषी ठहर भएकी थिइन् । यसमध्ये अधिकांश मुद्दा घुसखोरी तथा दबाबसम्बन्धी थिए । अदालतले निकट साथी चोय सुन सिलसँग मिलेर सीलले सञ्चालन गरेको संस्थाका लागि लाखौं डलर चन्दाका लागि स्यामसुङ र लोट्टे जस्ता कम्पनीलाई दबाब दिएको जनाएको थियो । हाईलाई सुरुमा ३० वर्षको जेल सजाय र २० अर्ब वन बराबरको जरिवाना सुनाइएको थियो । तर पछि उच्च अदालतले जेल सजाय र जरिवाना दुबै कटौती गरेको थियो । हाईले राष्ट्रपतीय कार्यालयका गोप्य कागजात सीललाई चुहाएको मुद्दामा समेत दोषी ठहर गरिएको थियो । तर उनले आफूमाथि लगाइएका सबै आरोप खण्डन गर्दै आएकी थिइन् ।









































