HomeFeatureब्याडमिन्टन (आमन्त्रण) को उपाधी नेपाल टेलिकमले जितेको छ

ब्याडमिन्टन (आमन्त्रण) को उपाधी नेपाल टेलिकमले जितेको छ

काठमाडौं, 24 दिसम्बर 2021

कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधी नेपाल टेलिकमले जितेको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए । दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पु¥याए । चौथो महिला युगलको खेलमा टेलिकमकी सिमा राजबंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडे पछि परिणाम २–२ को अवस्थामा पुग्यो । तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठको जोडी तथा टेलिकमका हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गविच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए । दोश्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधीमाथि आधिपत्य जमाए । कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका बिजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...