HomeFeatureकांग्रेसद्वारा सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प

कांग्रेसद्वारा सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प

काठमाडौं, 25 दिसम्बर 2021

नेपाली कांग्रेसले सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । त्यस्तै बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय गरेको छ भने निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरिएको थापाले जानकारी दिनुभयो । बैठकले महाधिवेशनलाई सफल पार्न भूमिका खेल्न सबैप्रति धन्यवाद व्यक्त गरिएको उहाले बताउनुभयो । महामन्त्री थापाले पार्टीलाई विधानसम्मत् ढंङ्गले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्ने बताउनुभयो । महामन्त्री थापाले शनिबारदेखि औपचारिक रूपमा कार्यारम्भ भएको बताउनुभयो । उहाले महाधिवेशनबाट देशभरि देखिएको उत्साहलाई आगामी निर्वाचनमा जनमतमा बदल्ने चूनौती रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...