दिल्ली, 27 दिसम्बर 2021
आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । कोरोना संक्रमणको विरामी बढ्दै गएपछि रात्रिकालीन कर्फ्यु जारी गरिएको हो। दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ । नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।









































