HomeFeatureसामाजिक सुरक्षा मन्त्रालयद्वारा बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना...

सामाजिक सुरक्षा मन्त्रालयद्वारा बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं, 27 दिसम्बर 2021

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको जनाएको छ । सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अघि बढाइएको जानकारी दिनुभयो । क्षमतावान श्रमशक्ति पठाउन नसक्दा बैदेशिक रोजगार क्षेत्र धरासयी अवस्थामा पुगेको उहाले बताउनुभयो । स्वदेशमा रोजगार सिर्जना गर्न नसक्ने हो भने बैदेशिक रोजगारमा नै सीपयुक्त श्रमिक पठाउनुपर्ने र यसका लागि सरकारले नै तालिम दिने जानकारी दिनुभयो । त्यस्तै सचिव अर्यालले अवैधानिक ढंगबाट कामदार पठाउने गर्दा समस्या देखिएको बताउनुभयो । भ्रमणभिसामा श्रमिकहरु बैदेशिक रोजगार जाने गरेकाले भ्रमण भिसामा देखिएको बिकृति र बिसंगतिलाई हटाउनुपर्ने उहाको भनाई छ । उहाले बैदेशिक रोजगारमा जाने घरेलु कामदारले भोग्नुपरेका समस्याप्रति पनि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थीत गर्न समितिले दिएको निर्देशन पालना नभएको बताएका थिए । पूर्व श्रममन्त्री एवं समिति सदस्य रामेश्वर राय यादवले बैदेशिक रोजगारमा जाने कामदारलाइ कामको पूर्वजानकारी र सिपको व्यवस्थापन गर्नुपर्ने र यसकालागि आवश्यक कानून संसोधन गर्न सुझाव दिनुभयो । त्यस्तै समिति सदस्यहरुले घरेलु कामदारका बिषयमा राज्य गम्भीर हुन नकसेका कारण नै उनीहरुले समस्या भोग्नुपरेको भन्दै आवश्यक नीति निर्माण गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...