HomeFeatureकोरोनाका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने

कोरोनाका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने

काठमाडौं, 27 दिसम्बर 2021

कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय युवाको अगुवाइमा गरिवीको रेखामुनी रहेका बालकालिकालाई छात्रवृत्ति प्रदान गर्न भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गरिएको हो । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिने बताइएको छ । अभियानका सदस्यहरुमा काँग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डा रहनुभएको छ ।  पहिलो बर्ष सातै प्रदेशका बिभिन्न जिल्लाका ५० बिद्यार्थीलाई मासिक ५ हजारका दरले छात्रबृत्ति प्रदान गरिने काँग्रेस महामन्त्री एवं सांसद थापाले बताउनुभयो । कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने भएकाले अभियान शुभारम्भ गरिएको बताउनुभयो । त्यस्तै डिशहोमका प्रबन्ध निर्देशक आचार्यले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गर्नुभयो ।  पहिलो बर्षको अभियानमा छात्रवृतिका साथै केहि सिक्दै अघि बढ्ने र आगामी बर्षमा अभियानलाई सुधार गर्दै अघि बढ्ने अभियान्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...