HomeFeatureसांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने: प्रचण्ड

सांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने: प्रचण्ड

काठमाडौं, 28 दिसम्बर 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने बताउनुभएको छ । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगाएत सवै कुरा आफुबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताउनुभएको हो । उहाले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताउनुभयो । त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताउनुभयो । उहाले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सवै तयार हुनुपर्ने धारणा राख्नुभयो । यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो ।  नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरेको छ । मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो ।  समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । युवा, महिला, मुस्लिम, जनजाती र संविधानमा व्यवस्था गरेअनुसारको समावेशीको क्लस्टर बनाउने उहाले जानकारी दिनुभयो । त्यस्तै महाधिवेशन दुई दिन लम्विने र १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने उहाको भनाई छ । बुधबार १ बजे दखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...