HomeFeatureव्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा: नेपाल

व्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा: नेपाल

काठमाडौं, 28 दिसम्बर 2021

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा पैदा हुने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि बंशिय तानाशाहलाई हटाइसकेको भन्दै व्यक्तिवादी तानाशाह हावी हुन नदिने समेत उल्लेख गर्नुभयो । उहाले मुलुकको परिवर्तनलाई जोगाउनका लागि जनतामा चेतना फैलाउनुपर्ने धारणा पनि राख्नुभयो । आफ्नो पार्टी अरु पार्टी भन्दा फरक रहेको भन्दै अध्यक्ष नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिने उल्लेख गर्नुभयो । उहाले पार्टीमा अघि बढ्न नसक्नेलाई पार्टी छोड्न सुझाव पनि दिनुभयो । अध्यक्ष नेपालले एमालेलाई केपी ओलीले कव्जा गरेपछि आफुहरु बिद्रोह गरेको भन्दै नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच एकीकरण भएको थियो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...