ललितपुर, 28 दिसम्बर 2021
पुर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको छ । मंगलबार नेवा एकता समाजले बज्रवाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । सो क्रममा उहाले वज्रवाराही शक्तिपिठमा बिशेष पूजा गर्नुभएको थियो । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइदिनुभएको थियो । ललितपुरको बज्रवाराही पुग्दा उहालाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।









































