काठमाडौं, 29 दिसम्बर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । बुधबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले यस्तो नेतृत्व चयन प्रक्रिया एकदम राम्रोसंग लोकतान्त्रीक तरिकाबाट अघि बढ्ने बताउनुभएको हो । जारी महाधिवेशनमा शुक्रबारट माओवादीको नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।









































