HomeFeatureढाकामा भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप बिजेता नेपाली महिला टिम स्वदेश...

ढाकामा भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप बिजेता नेपाली महिला टिम स्वदेश फर्किए

30 दिसम्बर 2021

बंगलादेशको राजधानी ढाकामा भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप बिजेता नेपाली महिला टिम स्वदेश फर्किएको छ । खेलाडीलाई स्वागत गर्न खेलकुद मन्त्री महेश्वर जंग गहतराजका साथै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्के र रञ्जन खड्का, केन्द्रीय सदस्य रोशन श्रेष्ठ लगायत पदाधिकारी विमानस्थल पुगेका थिए । फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा उपाधि जितेको नेपाली टिमलाई मन्त्री गहतराजले माला लगाइदिनुभएको थियो । स्वागत कार्यक्रममा मन्त्री गहतराजले नेपालका महिला र पुरुष भलिबल टिमले आउँदो एशियन गेम्समा सहभागिता जनाउने घोषणा गर्नुभयो । अहिले ऋन खोजेर ढाका प्रस्थान गरेको नेपाली टिमलाई आउने एसियन गेम्समा भने सरकारले आफ्नै खर्चमा पठाउने मन्त्री गहतराजले बताउनुभयो । उहाले नेपालको राष्ट्रिय खेल भइकन पनि पूर्वाधारमा पछि रहेको तर्फ उल्लेख गर्दै भलिबल संघको आफ्नै अफिस र कभर्डहल रंगशाला परिसरमै निर्माण गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाले एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै टीम कप्तान अरुणा शाहीले अभ्यासका लागि आफ्नै हलको व्यवस्था हुँदा राम्रो हुने धारणा राख्नुभयो ।  कप्तानको रुपमा लगातार दुई पटक उपाधि जित्नु आफ्ना लागि ठूलो उपलव्धि भएको बताउँदै  उहाले यसले थप जिम्मेवारी प्राप्त भएको उल्लेख बताउनुभयो । कप्तान शाहीले गत बर्षको उपाधि जोगाउने चुनौती आफूहरुका लागि रहेको र त्यसैले गर्दा टिम अलि प्रेसरमा आएको उल्लेख गर्नुभयो । त्यस्तै टीम प्रशिक्षक जगदीश भट्टले भलिबल खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।  तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...