HomeFeatureपाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको ओलीको आरोप

पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको ओलीको आरोप

काठमाडौं, 3 जनवरी 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा बिकास योजना अवरुद्ध भएको बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप भन्दै सम्रग मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाउनुभएको हो ।अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले आफुलाई सरकारबाट हटाइएको तर्क गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले ६४ प्रतिशत मत भएको कम्युनिष्ट सरकार ढालेर विपक्षीको सरकार बनाउने माओवादीले समाजवादको कुरा गर्न नसुहाउने धारणा राख्नुभयो । माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको उहाले टिप्पणी गर्नुभयो । उहाले गठबन्धनको साझा कार्यक्रमको कुनै अर्थ नभएको बताउनुभयो । आफुलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति ओलीले नेकपाबाट छुट्टिएका केहि व्यक्तिले माक्सवाद नै नबुझेको उल्लेख गर्नुभयो । उहाले मुलुकमा देखिएको बिविध समस्यालाई सास्कृतिक चेतनाद्वारा उजागर गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...