HomeFeatureबुधबारबाट प्रथम भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता हुने

बुधबारबाट प्रथम भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता हुने

काठमाडौं, 4 जनवरी 2022

काठमाडौंको शिवपुरीको काखमा रहेको भ्याली पब्लिक उच्च माध्यमिक विद्यालयको आयोजनामा बुधबारबाट प्रथम भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । बिद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै पौष २१ गते बुधबारदेखि पौष २६ गते सम्म प्लट टु लेभलको अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । प्रतियोगीतामा छात्रतर्फ ८ टिमले प्रतिष्पर्धा गर्ने बिद्यालयका अध्यक्ष मेजर लिल बहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुले  सिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । प्रतियोगितामा जेभियर इन्टरनेश्नल कलेज, टाइम्स कलेज, भ्याली पब्लिक  ट्रिनीटी , साइपल लगाएतका उच्च माविहरुको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिता विद्यालयका बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेको संयोजनमा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...