HomeFeatureदलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न समानता अभियानको...

दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न समानता अभियानको माग

काठमाडौं, 4 जनवरी 2022

समानता अभियान नेपालले दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरुलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित् गर्न सरकारसँग माग गरेको हो । सबैका लागि शिक्षा भन्ने नेपालको संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकलगायतका हकहरुको व्यवस्थानुसार अधिकार सुनिश्चित् गर्न अभियानको माग छ । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौं, सबैले वेद पुराण पढुन्’ भन्ने अभियानको नारा छ । कार्यक्रममा बोल्दै संयोजक चन्द्रकान्त पौडेलले जातीय प्रथा अन्त्य गरौं र गुरुकुलमा सबैले पढौं भनेर लामो समयदेखि भन्दै आएपनि अब भने खुलेरै आफ्नो संस्था अघि बढ्न चाहेको बताउनुभयो । समाजमा धर्मगुरु, पण्डितलाई एउटा श्रद्धाको दृष्टिले हेर्ने भन्दै उहाले त्यो श्रद्धा सबै जातले पाउनुपर्नेमा जोड दिनुभयो । गुरुकुलमा ९५ प्रतिशत भन्दा धेरै ब्राह्मण रहेको भन्दै अरु जातीले पनि पढ्न पाउनुपर्ने अभियानको माग छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...