काठमाडौं, 5 जनवरी 2022
बिहीबार बोलाइएको संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले सूचना जारी गरदै बिशेष कारणबस बैठक स्थगित गरिएको जानकारी दिएको हो । सचिवालयका अनुसार अब बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको छ । यसअघि पुस १८ मा बैठक तोकिएको थियो । तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो । राष्ट्रियसभाको बैठक भने पुष २५ गते आइतबार बोलाइएको छ ।









































