HomeFeatureनेपालको मौलिक सम्भता, इतिहास र संस्कृतिको संरक्षण गर्नुपर्नेमा ओलीको जोड

नेपालको मौलिक सम्भता, इतिहास र संस्कृतिको संरक्षण गर्नुपर्नेमा ओलीको जोड

काठमाडौं, 5 जनवरी 2022

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको मौलिक सम्भता, इतिहास र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । परिवर्तन नेपाल नामक सामाजिक संस्था अन्तर्गतको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ को टोलीसंग बुधबार भक्तपुरस्थीत आफ्नै निवासमा भेट गर्दै ओलीले मुलुकको अस्तित्वलाई जीवन्त राख्ने परम्परागत सभ्यता र संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभएको हो । नेपालमा पूर्वजको जीवनशैली र रहनशहनको छुट्टै इतिहास रहेको भन्दै ओलीले स्वस्थ र सभ्य नागरिकले पनि शिक्षा लिनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो रोग प्रतिरोधात्मक शक्ति शुन्य भएपनि परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको बताउनुभयो । नेपालको खानेकुराहरु पनि पराम्परासंग नै जोडिएको उहाको भनाई छ । ओलीले सवै देशको समान स्वाभिमान भएको भन्दै दुई देशको प्रतिनिधि भेट हुदा समान हैसियत हुने तर्क गर्नुभयो । पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले गठन भएको महाअभियानले आफ्ना उदेश्यका बारेमा ओलीलाई जानकारी गराएको हो । तीन वर्षसम्म चल्ने महाअभियानको नारा ‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृतिको नेपाली पहिचान, सांस्कृतिक अतिक्रमण विरुद्ध हाम्रो अभियान’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...