HomeFeatureखेलकुद मन्त्रीद्वारा खेलाडी तथा प्रशिक्षकलाई बिदाइ

खेलकुद मन्त्रीद्वारा खेलाडी तथा प्रशिक्षकलाई बिदाइ

काठमाडौं, 6 जनवरी 2022

बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा सहभागीता जनाउने नेपालका तीन खेलाडीलाई बिदाई गरिएको छ । बिहीबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गर्नुभएको हो । ४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री गहतराजले जितका साथ नेपालको गौरब बढाउन आग्रह गर्नुभयो । पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री गहतराजले पुरस्कार तथा सम्मान कार्यविधि बनाउने जानकारी दिनुभयो । उहाले मन्त्रालयको ध्यान खेलकुदको पूर्वाधार निर्माण रहेको पनि बताउनुभयो । जनवरी १० मा बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...