HomeFeatureनिर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने: ओली

निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने: ओली

काठमाडौं, 7 जनवरी 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताउनुभएको छ । शुक्रबार नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी कार्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने भन्दै आफूहरुको लागि अनौठो नहुने बताउनुभएको हो । उहाले जनादेश विपरीत गठन भएको गठबन्धनका कारण राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने पनि बताउनुभयो । उहाले एमाले एक्लै अरुभन्दा मजबुत र माथि रहेको दावी पनि गर्नुभयो । केहि दलले गठबन्धनलाई चूनावसम्म टिकाउनुपर्छ भन्ने गरेको भन्दै अध्यक्ष ओलीले कमजोरलाई गठबन्धन चहिएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमाले सरकारले गरेको बिकासको कामप्रति अतालिदै असवैधानिक ढंगले सरकार ढालिएको भन्दै परामदेशबाट बनेको सरकारले नेपाललाई विकासको बाटोमा अघि लाग्न नसक्ने बताउनुभयो । बर्तमान सरकारले पूर्वाधार निर्माणमा, आर्थिक क्षेत्र, शिक्षा क्षेत्र ध्वस्त पारेको आरोप उहाले लगाउनुभयो । आफुहरु जनताको पार्टी भएकाले नै एमाले फेरि जनादेश पाउने दिशातर्फ अग्रसर भइरहेको उहाको भनाई छ । ओलीले जनतालाई सचेत गराउन अब जिल्ला अधिवेशनले त्यसमा नेतृत्व गर्न क्षमता निर्माण गर्नुपर्ने बताउनुभयो । ६१ जिल्लामा एकैपटक उद्घाटन गरिएको एमाले जिल्ला अधिवेशन हिमाली जिल्लालगायत केही जिल्लामा अर्को दिन हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...