HomeFeatureनिर्वाचन अघि नै ओलीले पराजय स्वीकार गरिसके: नेपाल

निर्वाचन अघि नै ओलीले पराजय स्वीकार गरिसके: नेपाल

काठमाडौं, 7 जनवरी 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको काठमाडौ महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको भन्दै आफुलाई अचम्म लागेको पनि बताउनुभयो । उहाले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले एमालेभित्र कुनै  नीति पद्धति नरहको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हावी भएको जिकिर गर्नुभयो । उहाले एमालेमा रहेका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बताउनुभयो । केपी ओलीबाट नेकपा एमाले पार्टी नवन्ने र नचल्ने उहाको भनाई छ । उहाले अहिले ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप पनि लगाउनुभयो । फरक प्रसंगमा अध्यक्ष नेपालले यसअघि नारायणहिटीमा कुनै पसल नगर्न आफुले सुझाव दिएपनि एमाले नेतृत्वको सरकारले व्यापारिलाई रेष्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेको बताउनुभयो । अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढेको भन्दै पार्टीलाई बिधिसम्बत ढंगले सञ्चालन गर्ने धारणा राख्नुभयो । कार्यक्रममा सो पार्टीको काठमाडौ महानगर कमिटी अन्तर्गतको युवा संघ नेपाल, अनेमसंघ समाजवादी, नेपाल खेलकुल महासंघ समाजवादी र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको घोषणा तथा सपथग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...