HomeFeatureटी–ट्वान्टी क्रिकेट: त्रिभुवन आर्मी क्लबद्वारा विजयी सुरुआत

टी–ट्वान्टी क्रिकेट: त्रिभुवन आर्मी क्लबद्वारा विजयी सुरुआत

काठमाडौं, 10 जनवरी 2022

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ‘ए’ अन्तर्गत विजयी सुरुआत गरेको हो । १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ दशमलब ४ ओभरमा अलआउट हुदै मात्र ५३ रन जोड्न सक्यो ।  यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो। प्रतियोगिता अन्तर्गत अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ ।  समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भयो ।  यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो । त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गर्यो । मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । त्यस्तै अर्को खेलमा नेपाल एपीएफ क्लबले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै एपीएफले विजयी सुरुआत गर्यो ।  १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ३९ रन जोड्न सक्यो ।  यस अघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...