HomeFeatureसरकारले अब नेपाल बायु सेवा निगममा थप लगानी गर्न नसक्ने स्पष्ट: मधु...

सरकारले अब नेपाल बायु सेवा निगममा थप लगानी गर्न नसक्ने स्पष्ट: मधु मरासिनी

काठमाडौं, 10 जनवरी 2022

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सरकारले अब नेपाल बायु सेवा निगममा थप लगानी गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिको बैठकमा उहाले यसअघि सरकार नै जमानी बसेर निगमलाई ऋण प्राप्त भएपनि कुनै उपलव्धी नभएकाले अव सरकारले निगममा थप लगानी गर्न नसक्ने बताउनुभएको हो । ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उहाले बताउनुभयो । उहाले अहिलेको व्यवस्थापनले निगमलाई अगाडि बढाउने नदेखिएकोले  कम्पनी मोडेल, पब्लिक प्राइभेट मोडल लगाएतको बिकल्प अवलम्वन गर्नुपर्ने धारणा राख्नुभयो । निगम प्रतिस्पर्धी होस् भनेर सरकारले लगानी गर्नका लागि मध्यस्थता गरेको तर नाजायज हस्तक्षेपले संस्था धराशयी भएको उहाले बताउनुभयो । उहाले निगममाथि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनिया एभिकको गरी ४७ अर्ब ऋण रहेको जानकारी दिनुभयो । बैठकमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगम सरकारको स्वामित्वको संस्था भएको भन्दै यसलाई माथि उठाउने दायित्व सम्बन्धीत सवैको भएको बताउनुभयो । निगमको कार्यशैलीलाई सुधार गर्नका लागि बोर्ड बैठक नै नबस्नुले पनि निगम धरासयी हुन पुगेको उहाको भनाई छ । बैठकमा समिति सदस्यहरुले निगमको अहिलेको अवस्थाका बारेमा सवै जानकार हुनुपर्ने बताएका थिए । निगमलाई राजनीतिक भर्तिकेन्द्र बनाउदा यसको अवस्था दयनिय हुन पुगेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...