काठमाडौं, 10 जनवरी 2022
संयुक्त विद्यार्थी संगठनले शुल्कका बिषयमा एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति समर्थन जनाएका छन् । बिभिन्न ७ विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिएको हो । संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेका छन् । बैठकले समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले बताउनुभयो । मंगलबार काठमाडौं मेडिकल कलेजमै उपस्थित भई विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने कार्यक्रम तय भएका उनीहरुले जनाएका छन् ।









































