HomeFeatureतोकिएको समयभित्रै निजगढ फास्ट ट्र्याक आयोजना सम्पन्न गर्ने सरकारी आश्वासन समितिको सरकारलाई...

तोकिएको समयभित्रै निजगढ फास्ट ट्र्याक आयोजना सम्पन्न गर्ने सरकारी आश्वासन समितिको सरकारलाई निर्देशन

काठमाडौं, 12 जनवरी 2022

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तोकिएको समयभित्रै निजगढ फास्ट ट्र्याक आयोजना सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रक्षा , वन, भौतिक, आपूर्ति मन्त्रालयललाई आफ्नो क्षेत्रभित्र पर्ने दायित्व यथासिघ्र पुरा गर्दै आर्थिक बर्ष २०८०÷८१ भित्र नै आयोजना सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । बैठकमा निजगढ फास्ट ट्र्याक आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले प्रणाली र प्रक्रियाका कारण आयोजना निर्माणमा ढिलाई भएको बताउनुभयो । रुख कटानसम्बन्धी समस्यालाई समाधान गर्ने आयोजना निर्माणले तीव्रता पाउने उहाको भनाइ छ । बैठकमा सम्बन्धीत मन्त्रालयका सचिवहरुले फास्ट ट्र्याकलाई समयमा नै सम्पन्न गर्न भूमिका खेल्ने बताएका थिए । समिति सदस्यहरुले जग्गा र रुख कटानमा देखिएका समस्यालाई समाधान गर्दै आयोजना पुरा गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । आयोजना आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...