HomeFeature‘माघे सकराती विशेष कार्यक्रम २०७८’ को शुभारम्भ

‘माघे सकराती विशेष कार्यक्रम २०७८’ को शुभारम्भ

काठमाडौं, 13 जनवरी 2022

मगर समुदायको महान् पर्व माघे संक्रान्तिको अवसर पारेर बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ को शुभारम्भ भएको छ । नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजना र मगर्स किचनको सहकार्यमा मगर समुदायमा प्रचलित विभिन्न परिकारहरु सहित विविध कार्यक्रमका साथ ३ दिन सम्म उक्त कार्यक्रम मनाउन लागेको हो । कार्यक्रममा मगर समुदायमा प्रचलित मौलिक खानाहरु तरुल, सखरखण्डा, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु)को परिकारहरु उपलब्ध हुने आयोजकले जनाएको छ । त्यस्तै माघे सकराती  मगर समुदायको सास्कृतिक पर्व समेत भएकाले मगर समुदायमा प्रचलित नृत्य तथा घाटु, सालैजो र कौराहा गीतहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ । बुटवलमा बिहिवार आयोजित कार्यक्रमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वीर बहादुर राना मगरले माघे संक्रान्ति पर्वले मगर समुदायलाई एकताबद्ध बनाउने  बताउनुभयो । उहाँले मगर समुदायका पर्व,भाषालाई संरक्षण गर्नु पर्ने बताउदै मुलुकमा मगर समुदायलाई स्थापित गराउन शैक्षिक जागरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै ३ दिन सम्म चल्ने कार्यक्रममा  बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा अन्य पेशासँग सम्बद्ध व्यक्तिहरुसँग मगरहरुको भाषा, संस्कृति तथा चाडपर्वको विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...