HomeFeatureस्थानीय तहको निर्वाचनबारे सरकारले तत्काल निर्णय लिनुपर्छ: निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनबारे सरकारले तत्काल निर्णय लिनुपर्छ: निर्वाचन आयोग

काठमाडौं, 14 जनवरी 2022

स्थानीय तहको निर्वाचनबारे सरकारले तत्काल निर्णय लिनुपर्ने निर्वाचन आयोगको निष्कर्ष निकालेको छ ।  शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा निर्वाच आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । काँग्रेस नेता रमेश लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको बताउँदै त्यसका लागि केही कानुन भने संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान केन्द्र बढाउनुभपर्ने बताउदै सरकारले आयोगको सुझाव अनुसार छलफल गरेर निर्वाचनको मिति तोक्ने जानकारी दिनुभयो । प्रतिपक्षी दल नकेपा एमालेका नेता विष्णु रिमालले अहिलेको मौजुदा कानुनले चुनाव गर्न कुनै समस्या नहुने भएकाले वर्तमान कानुनकै आधारमा चुनाव गर्न सुझाव दिनुभयो । उहाँले समयमै निर्वाचन हुनुपर्ने बताउदै एमालेले वैशाखमै चुनाव होस् भन्ने चाहेको जानकारी दिनुभयो । कोरोना महामारीकाबीच निर्वाचन सम्भव रहेको बताउदै रिमालले कोरोना विरुद्धको खोप लगाउन सरकार चुक्न नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...