19 जनवरी 2022
हिमानी शाहलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले स्वागत गरेका छन् । मंगलबार उनी अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका आइपुगेको आयोजकहरूले जनाएका छन् । ट्रस्टका पदाधिकारीहरूले विमानस्थलमा उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।गत जनवरी १७ मा आयोजित ट्रस्टको पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका आधिकारिक बसाई करिब २ हप्ता हुने जनाएका छन्।









































