दिल्ली, 19 जनवरी 2022
दिल्ली एनसीआर नोएडाबाट एक बालक बेपत्ता भएका छन्। गोदावरी नगरपालिका वडा नम्बर 12 धनगढी जिल्ला कैलाली निवासी भक्त बहादुर खडकाका छोरा वर्ष 15 का ललित खड्का आफु काम गर्ने ठाउंबाट हराएका हुन्। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार नोएडा सेक्टर 134 स्थित बिल्डिंग नम्बर – 62, 15 वां फ्लोर, अपार्टमेन्ट नम्बर – 1505 मा बच्चाको हेरविचार गर्ने काम 9 महीना देखि गरि रहेका ललित खड्का 2 जनवरी देखि सम्पर्क विहीन भएका छन्। बालककी आन्टी डम्बरा टमट्टाले बताए अनुसार बालक काम गर्ने अपार्टमेंटको मालिक सँग बालक बारे सोधपुछ गर्दा र सीसीटिभी क्यामरा हेर्दा उनी साँझ करीब 7 बजे र 15 मिनटमा बाहिरिएको देखिएको छ। मालिक रोहित मिश्राको भनाई अनुसार उनले 1500 रुपयाँ माँगेर लिएका थिए। त्यसपछि बाहिरिएका उनी सम्पर्क विहीन भएका हुन्। उनका मालिकले उनी हराएको सूचना प्रहरी चौकीमा पनि दर्ता गराएको उनकी आन्टी डम्बरा टमट्टाले नेशनल लाईभ टिभीसँगको टेलिफोन वार्तामा बताइन्। उनी हराएको खबरले उनको पूरा परिवार चिन्तित छन्। यो घटनाको बारेमा उनका आफन्तहरुले दिल्ली स्थित नेपाली दूतावास र प्रवासी नेपाली एकता मन्चलाई पनि जानकारी गराइ खोजबीनको आग्रह गरेका छन्। उक्त बालकबारे कसैलाई केही सूचना वा जानकारी भए भक्त खडका – 9818901088, खगेन्द्र – 9582458722 मा जानकारी गराउन हार्दिक आग्रह छ।









































