20 जनवरी 2022
नयाँ उपप्रधानसेनापतिमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नियुक्त भएका छन् । पूर्वी कमाण्ड सम्हाल्दै आएका पाण्डेलाई सरकारले उपप्रधानसेनापतिमा नियुक्तिको निर्णय 19 जनवरीमा गरेको हो । जनरल पाण्डेले लेफ्टिनेन्ट जनरल सीपी मोहन्तीलाई प्रतिस्थापन गर्नेछन् भने उनी जनवरी ३१ मा सेवानिवृत्त हुँदैछन् । पाण्डेले नेशनल डिफेन्स एकेडेमीमा तालिम लिएका हुन् । उनी डिसेम्बर १९८२ मा कोर्प्स अफ इन्जिनियर्स (द बम्बे सेपर्स) मा नियुक्त भएका थिए ।









































