24 जनवरी 2022
प्रवासी नेपाली एकता मन्च भारतले आफ्नो सांगठनिक पुनर्गठन सम्पन्न गरेको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट प्राप्त जानकारी अनुसार प्रवासी नेपाली एकता मंच (भारत) महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तरगत पश्चिम मुम्बई नगर समिति मुम्बई को बोरिवली स्थित पश्चिममा रहेको एम एचबि गार्डनमा गगन तिरुवाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको संचालन खडक तिरुवाले गरेका थिए भने, प्रमुख अतिथिको रूपमा केन्द्रीय महासचिव कटक शाही रहेका थिए। अन्य अतिथिहरुमा केन्द्रीय कोषाध्यक्ष केशर रावल र केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र गुजरात संयुक्त राज्य इन्चार्ज बिरेन्द्र बडुवाल को उपस्थिति रहेको सो सभाले 18 सदस्यीय नगर समिति पुनर्गठन गरिएको छ, जसमा अध्यक्षमा मान ब.तिरुवा,उपाध्यक्षमा जनक बोहरा,सचिवमा प्रेम तिरुवा, कोषाध्यक्षमा खडक तिरुवा,सहसचिवमा नरेन्द्र बडुवाल सदस्यहरुमा सुरेश बासकोटे, खम्मलाल चुनारा,बालाराम तिरुवा,रुप रावल,गणेश थापा,गगन शाही,पंख शाही,सपना बासकोटे,कमल बि.क.,बिन्दु चन्द र धिरेन्द्र तिरुवा रहेकाछन भने सल्लाहकार समिति मा गगन तिरुवा-प्रमुख,प्रेम चन्द,शेर ब.रावल र पदम बोहरा रहेकाछन। यसैगरी नगर समिति को मातहतमा रहनेगरी वझिरा एम एचबि प्रारम्भिक समिति १२जनाको निर्माण गरिएकोछ अध्यक्षमा-बाला राम तिरुवा,उपाध्यक्षमा गोपाल सिंह टमट्टा,सचिवमा प्रेम ठकुल्ला,कोषाध्यक्षमा सुरेन्द्र ब.सिंह,सहसचिवमा कमल परियार सदस्यहरुमा-कोकीला थापा,शिपी थापा,कमल तिरुवा,गोपाल बि.क.गिता बि.क.कोकीला तिरुवा र राम ब.शाही रहनु भएकोछ। सो अवसरमा प्रमुख अतिथि कटक शाहीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिदै संगठनको विधानको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। सोही अवसरमा बालाराम तिरुवाले अखिल भारत एकता मन्च परित्याग गरि नेपाली एकता मन्च भारतमा प्रवेश गर्नु भएको छ।









































