दिल्ली, 28 जनवरी 2022
कोरोना संक्रमणको तेस्रो लहरका कारण चलचित्रको प्रदर्शन स्थगित गरेका बलिउड निर्माता तथा निर्देशकहरुले फेरि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् ।निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को नयाँ मिति तोकेका छन् । अब यो चलचित्र फ्रेबअुरी २५ मा विश्वभर रिलिज हुनेछ । चलचित्रमा अभिनेता अजय देवगणको पनि मुख्य भूमिका छ । यो चलचित्रमा अभिनेत्री आलिया भट्ट शीर्ष भूमिकामा देखिँदैछिन् । चलचित्रको प्रिमियर ‘७२ औैं बर्लिन फिल्म फेस्टिभल’मा पनि हुनेछ । यो चलचित्रले मुम्बईमा यौनधन्दा चलाएरै चर्चामा आएकी गंगुबाईको कथा भन्छ ।









































