29 जनवरी 2022
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमार्फत पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाएको अंतराष्ट्रीय संचार माध्यमले जनाएको छ । यसअघि रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गरेका थिए । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम रहेको समेत प्रतिक्रिया दिएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसको भनाइ छ । सैन्य गठबन्धन नाटोमा युक्रेन समावेश हुन नहुने रुसले माग गरेको छ । तर अमेरिकाले भने यो माग स्वीकार गरेको छैन् ।









































