HomeFeatureमहाकाली नदीमा पुल निर्माण गर्ने नेपाल भारतबिच सम्झौता पत्रमा हस्ताक्षर

महाकाली नदीमा पुल निर्माण गर्ने नेपाल भारतबिच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, 1 फरवरी 2022

नेपाल–भारत जोड्ने गरी, महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि, दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदानमा, नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गर्नुभयो । दार्चुला र धार्चुलालाई जोड्ने पुल निर्माणसँगै नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबिचको सीमापार सम्पर्कलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले नेपालको बिकास आयोजनामा भारत सरकारले गरेको सहयोगको प्रसंसा गर्नुभयो । उहाले निर्धारित समयमा नै पुल निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्राले दुई देशका जनताबिच वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबिचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको बताउनुभयो । मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ । डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ । पुल बनाउन 40 देखि 42 करोड रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...