HomeFeatureप्रधानमन्त्री देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका...

प्रधानमन्त्री देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने

काठमाडौ, 1 फरवरी 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताउनुभएको छ । मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको जेष्ट ४ गते नै स्थानीय चुनाव सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाउने र मिति घोषणा गर्ने बताउनुभएको हो । छलफलमा आयोगले संविधान र कानून बमोजिम जेष्ट ५ गते पछाडी स्थानीय तह रिक्त हुने भएकाले जेष्ट चार गर्ने निर्वाचन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोहि मितिमा निर्वाचन गर्न प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाले जेष्ट चारमा निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अवको निर्वाचनमा खर्च बढ्ने बताउनुभयो । छलफलका क्रममा आयोगले प्रधानमन्त्री समक्ष ६ बुँदे प्रस्ताव पेश गरेको थियो । आयोगले संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल एक वर्षसम्म थप गर्नसक्ने व्यवस्था गरेपनि स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल थप गर्ने संवैधानिक र कानुनी प्रावधान नभएको भन्दै जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुको कुनै विकल्प नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...