म्यानमार, 2 फरवरी 2022
म्यानमारको सैन्य तानाशाही (जन्टा) एक वर्ष पूरा भए पनि त्यसविरुद्धको आक्रोश जारी छ । मंगलबार देशभर यसको विरोधमा मौन बन्दको आह्वान गरिएको छ । छ घण्टासम्म म्यानमारभर मौनता छाएको थियो । यस क्रममा मानिसहरु घरभित्रै बसेका थिए। बजारका पसलहरु बन्द थिए । जनताले चुप लागेर पनि सार्वजनिक विरोध गरे । लोकतन्त्रको आवाजलाई दबाउन सैनिक शासकले विभिन्न रणनीति अपनाउदै आएपनि अहिलेसम्म पूर्णरुपमा सफल हुन सकेको छैन । म्यानमारमा तानाशाहीको विरोध गर्दा १५०० सर्वसाधारण मारिएका छन्, जसमध्ये २९० सैनिक हिरासतमा मारिएका छन्। सोही समयमा ११ हजार ८३८ विपक्षीलाई हिरासतमा लिई ४ लाख मानिस भाग्न बाध्य भएका थिए ।









































