काठमाडौं, 2 फरवरी 2022
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले काठमाडौको अस्कल क्याम्पस अगाडी प्रदर्शन गरेको छ । तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।









































