3 फरवरी 2022
विश्वको विशाल ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सुपरयाटलाई बाटो दिन नेदरल्याण्डको ऐतिहासिक कोनिङ्गहेभन ब्रिज भत्काइनेछ। रोटरडम सहरमा अवस्थित यो पुल सन् १८७८ मा बनेको थियो । दोस्रो विश्वयुद्धको समयमा नाजीहरूले यसलाई बम विष्फोट गरी नष्ट गरेको थियो भने यसलाई पुनर्निर्माण गरिएको थियो। तर, पुल अस्थायी रूपमा मात्र भत्काइनेछ। बेजोसको ३ हजार ६३० करोड रुपैयाँको ४० मिटर अग्लो याटले पुल पार गर्न सक्नेछैन । जसका कारण स्टिलले घेरिएको पुलको मध्य भाग हटाइनेछ । यसबारे रोटरडमका मेयरले भने–यो समुन्द्र जाने बाटो हो र यो पुल हटाउनको खर्च पनि बेजोसले नै तिर्नेछन् । तर, यो पुल भत्काउन धेरैले विरोध पनि गरिरहेका छन् ।









































