HomeFeatureराखेपका बोर्ड सदस्यहरुद्वारा परिषद्को बोर्ड बैठक बोलाउन माग

राखेपका बोर्ड सदस्यहरुद्वारा परिषद्को बोर्ड बैठक बोलाउन माग

काठमाडौं, 3 फरवरी 2022

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् ।  यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन । बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताउनुभयो । उहाले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका खेल्ने विश्वास गर्नुभयो । ७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...