HomeFeatureआईएस समूहका नेता मारिए: अमेरिकी राष्ट्रपति

आईएस समूहका नेता मारिए: अमेरिकी राष्ट्रपति

काठमाडौं, 4 फरवरी 2022

बुधवार राति इस्लामिक स्टेट (आईएस) समूहका नेता मारिएका छन् । अमेरिकी विशेष फौजले उत्तर पश्चिमी सिरियामा गरेको सैनिक कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका नेता मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले जनाएको अंतराष्ट्रीय समाचार माध्यममा उल्लेख छ । बाइडेनले अवु इव्राहिम अल-हासिमी अल-कुरेसीको मृत्युसँगै विश्वबाटै एक प्रमुख आतंकारीको खतरा समाप्त भएको अभिव्यक्ति दिएका छन् । बाइडेनले अन्तिम कायरतापूर्ण काम गर्नेक्रममा कुरेसीले एउटा शक्तिशाली बम विष्फोट गराई आफू र आफ्ना परिवारका सदस्यहरुलाई समाप्त पारेको जनाएका छन् ।  अमेरिकी विशेष फौजले टर्कीको सीमा नजिकको उत्तरी इडलिव प्रान्तको विपक्षीको कब्जामा रहको एतमेह शहरस्थित दुई तले आवासीय भवनमा लक्षित कारवाही गरेको थियो । सो क्षेत्र आईएसका कट्टर विरोधी जिहादी समूहहरु र सिरियाली सरकारविरुद्ध युद्धरत टर्की समर्थित अन्य लडाकु समूहहरुको बाहुल्य रहेको बताइएको छ । बाइडेनलाई एक महिनाभन्दा लामो समय अघि अमेरिकी सैनिक कमान्डरहरुले इराकी लडाकु कुरेसी उर्फ अब्दुल्लाह कार्दास उर्फ हाजी अब्दुल्लाहलाई जिउँदै पक्रने वा मार्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...