HomeFeatureसुदूरपश्चिममा हिमपातका कारण राजमार्गहरु अवरुद्ध

सुदूरपश्चिममा हिमपातका कारण राजमार्गहरु अवरुद्ध

सुदूरपश्चिम, 4 फरवरी 2022

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएको हो। हिमपातपछि बढेको चिसोले यी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेको छैन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा यो वर्ष हिमपात भएको यो तेस्रोपटक हो । यस्तै बैतडीमा अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ लगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ भने बझाङमा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा तराईबाट पहाड जाने र तराई झर्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीकाअनुसार डोटीको गैरा र डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...