HomeFeatureप्रधानमन्त्रीद्वारा भलिबल खेलाडीलाई सम्मान

प्रधानमन्त्रीद्वारा भलिबल खेलाडीलाई सम्मान

काठमाडौं, 4 फरवरी 2022

सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ । शुक्रबार प्रधानमन्त्री  निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५÷५ लाख प्रदान गर्नुभयो । त्यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ । त्यस्तै उहाले नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको खेल जगतले अन्तराष्ट्रिय स्तरमा देखाएको प्रदर्शनको प्रसंसा गर्नुभयो । उहाले मुलुकमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि सरकार  प्रतिवद्ध रहेको बताउनुभयो । उहाले नेपालको फुटबल क्षेत्रमा पनि निकै सुधार भएको भन्दै अब्दुल्लाह अलमुताइरीलाई धन्यवाद दिदै आगामी दिनमा फुटबलमा थप सफलता प्राप्त गर्ने बताउनुभयो । त्यस्तै खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मानका साथै खेलाडीमाथि राज्यले थप जिम्मेवारी थप गरेको बताउनुभयो । उहाले खेलाडीहरुलाई भएको समस्यामा बारेमा सरकार गम्भीर रहेको भन्दै भलिवल खेल्नका लागि पूर्वाधार निर्माण गर्न आगामी बजेटले आवश्यक सम्बोधन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले भलिवल प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रहेको थियो । त्यस्तै अलमुताइरीको नेतृत्वमा घरेलु फुटबल टोली नेपालले हालै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...